काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदमा शपथ लिने शुभसाइत जुरेको छ। बालेनले शुक्रबार दिनको १२:३४ मा सपथ लिने शुभसाइत जुराएका छन्। बालेनको सपथ र पदभार ग्रहणका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय तयारीसमेत जुटिसकेको छ। स्रोतका अनुसार शीतल निवासमा आयोजना हुने सपथ बालेनले १२स्३४ मा लिनेछन्।
शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ पनि पढाइने स्रोतको भनाइ छ। बालेनले सोही दिन पदभारसमेत ग्रहण गर्नेछन्। प्रधानमन्त्री कार्यालयका अनुसार बालेनले २स्१५ मिनेटमा पदभार ग्रहण गर्ने साइत जुरेको छ।
फागुन २१ को निर्वाचनमा रास्वपा एक्लैले १८२ सिट जितेको छ। करिब दुई तिहाइ सिट ल्याएको रास्वपाले बालेन नेतृत्वमा सरकार गठन गर्न लागेको हो। स्वपाले मन्त्रालय संख्या घटाएर सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीसमेत गरेको छ।

