धनगढी । कञ्चनपुरमा २९ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरिएको छ । बिहीबार राति इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेर चेकजाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–१ मालुमका २५ वर्षीय यादब तमौली र बागबजारका १८ वर्षीय किशोर रहेका छन्। उनीहरूको साथबाट १४ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । दुवै जना सवार से ७ प २०९९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सोही स्थानबाट १५ ग्राम १६० मिलिग्राम पदार्थसहित थप ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ का २६ वर्षीय हिक्मत बोहरा ९सहचालक०, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलाली गोदावरी नगरपालिका–३ का २७ वर्षीय सुरेन्द्र साँउद ९चालक० र दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २८ वर्षीय जनक सिंह धामी रहेका छन्। उनीहरू सवार सुदूरपश्चिम प्रदेश ०२(००१ ज ६३० नम्बरको विद्युतीय हाइस पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै घटनामा बरामद लागुऔषध, सवारी साधनसहित सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


