काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए ।
यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए । प्रहरी स्रोतका अनुसार, निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो ।


