धनगढी । कैलालीमा एक महिनाको अवघीमा ५३१ क्युफिट अवैध काठ बरामद गरिएको छ । डिभिजन बन कार्यालय तथा मातहतका निकायले मंसिर २८ गतेदेखी पुष २८ गतेसम्मको अवधीमा ५३१.४८ क्युफिट काठ बरामद गरेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जिल्लामा एक महिनाको अवधीमा बरामद गरिएका अवैध काठको बारेमा जानकारी दिका छन । उनका अनुसार मंरि २८ गते चुरे गाउँपालिका– ५ मौरी गाउँबाट कार्यालयले वेवारिसे अवस्थामा राखिएका १४९.९८ क्युफिट परिमाणका २३० थान चिरान साल बरामद गरेको थियो । त्यसपश्चात पुष ०७ गते सोही वडाको सलानी बाट वेवारिसे अवस्थाकै ६८।६६ क्यु।फिट परिमाणका ११८ थान चिरान साल बरामद गरिएको उनले बताए ।
त्यसबाहेक पुष १२ गते गौरीगंगा नगरपालिका– ६ बाह्रबन साझेदारी बनबाट २५.२८ क्युफिट परिमाणका ३३ थान साल र सिसौका काठ बरामद गरिएको उनको भनाई छ । त्यसमा हातेआरा १ थान र १ थान किप्याड मोबाइल सहित गोदावरी नगरपालिका– ७ का श्याम चौधरी र सोही ठाउँका प्रेम चौधरीलाई पक्राउ गरिएको उनले बताए । त्यसपश्चात पुष १९ गते एकै दिन चुरे गाउँपालिका– २ खैरालाबाट वेवारिसे अवस्थामा रहेका १४७.५९ क्यु।फिट परिमाण भएका २४४ थान साल जातका चिरान काठ बरामद गरेको वन अधिकृत ठाकुरले बताए । उनले त्यतिमात्रै नभई सोही स्थानबाट त्यसकै दोस्रो दिन पुष २० गते पनि काठ बरामद गरिएको बताए । दोस्रो दिन सो स्थानबाट १३९.९७ क्यु।फि। परिमाणका २१७ थान सालको चिरान काठ बरामद गरिएको उनले बताए ।
उनले मंसिर २८ गतेदेखी पुष २८ गतेसम्मको अवधीमा बरामद गरिएका काठको बारेमा जानकारी दिनुका साथै सो अवधीमा कार्यालयबाट गरिएका कार्यहरुका बारेमा समेत जानकारी दिएका थिए । वन अधिकृत ठाकुरले डिभिजन बन कार्यालयबाट सो अवधीमा विभिन्न स्थानमा दाउरा वितरण गरिएकोे बताए । उनले कैलालीमा अत्याधिक चिसो बढेका कारण सो समयमा विभिन्न स्थानमा कार्यालयबाट दाउरा वितरण गरिएको बताए ।
जसमा कार्यालयले सशस्त्र प्रहरीलाई १० ट्रयाक्टर, जनपद प्रहरीलाई ७ ट्रयाक्टर र धनगढी उपमहानगरपालिकालाई १० ट्रयाक्टर दाउरा वितरण गरिएको उनको भनाई छ । त्यसबाहेक २० ट्रयाक्टर दाउरा डिभिजन बन कार्यालयमा राखिएको ठाकुरले बताए । जिल्लामा सामुदायिक बन फडानी गर्ने र काठ तस्करी गर्ने कार्य बढीरहेको बताउदै उनले सो कार्यको न्यूनिकरण गर्न आफू प्रयासरत रहेको बताए ।

