धनगढी । कैलाली कञ्चनपुरबाट प्रहरीले बुधवार भन्सार छलीको सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका – ७ कम्पनी टोलबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ३६ हजार ७५० रुपैयाँ बराबरको चिनी, बिडी, साबुन, सरप, दाल लगायतका सामानहरू बरामद गरिएको छ ।
उक्त सामान वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ सब्जिमन्डीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३९ हजार २२० रुपैयाँ बराबरको तरकारी, मिठाई लगायतका सामानहरू वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको छ ।
उक्त सामान पनि बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

