धनगढीः धनगढी-३ मा रहेको माया मेट्रो अस्पतालले आर्थिक रूपमा कमजोर परिवारका टिकटकर खड्का सरोजकी श्रीमतीको निःशुल्क शल्यक्रिया तथा उपचार गरेको छ। कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–१ का सरोज खड्का की श्रीमतीलाई आर्थिक अवस्था कमजोर रहेको अवस्थालाई ध्यानमा राख्दै माया मेट्रो अस्पताल प्रालिले निःशुल्क शल्यक्रिया (अपरेशन) तथा सम्पूर्ण आवश्यक उपचार सेवा उपलब्ध गराएको हो।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाअन्तर्गत पीडित परिवारलाई निःशुल्क उपचार प्रदान गरेको जनाएको छ। उक्त सहयोगले परिवारलाई ठूलो राहत पुगेको छ भने कठिन परिस्थितिमा आशा र भरोसा थपिएको टिकटर खड्काले बताएका छन्। उनले अस्पतालप्रति आभार व्यक्त गरेका छन्।
माया मेट्रो अस्पतालले खड्काको श्रीमतीको निःशुल्क छातीको क्यान्सरको शल्यक्रिया गरेको हो। स्थानीयवासी तथा सरोकारवालाहरूले अस्पतालको व्यवस्थापन पक्ष, चिकित्सक टोली तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

