धनगढी । दैजी जोगबुडा सडक अन्तरगत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा जिप दुर्घटना भएको छ ।
से १ ज ४१७ नम्बरको जिप दुर्घटना भएको र अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा पुगेका स्थानीयले भने दुर्घटनामा एक जना नाबालिकाको घटना स्थलमै मृत्यु भएको बताएका छन् ।

