धनगढी । पछिल्लो समय कैलालीको कैलारी गाउँपालिकामा निरन्तर रुपमा शैक्षिक गुणस्तरमा कमी आउन थालेपछि अभियन्ता झनक प्रसाद खनालले विभिन्न सामुदायिक विद्यालय लाई शैक्षिक सामाग्री सहयोग अभियान शुरु गरेका छन् ।
गाउँपालिका अन्तरगतका विद्यालयको शैक्षिक अवस्था सुधार ल्याउँन सामाजिक अभियन्ता झनक प्रसाद खनालले शैक्षिक गुनस्तर सुधारका लागि मेरो अभियान अन्तर्गत अति बिपन्न तथा टुहुरा बालबालिका शैक्षिक सामाग्री वितरण अभियान लाई अगाडी बढाई रहेका छन् । कैलारी गाउँपालिका वडा नम्बर १ मा रहेको दिपेन्द्र मध्यामिक विद्यालयका २३ जना विद्यार्थी लाई खनालले शैक्षिक सामाग्री सहयोग गरेका हुन् । विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको खनालले बताए । शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस् र सामाजिक न्यायको सिद्धान्त बमोजिम कैलारी गाउँपालिकामा आफुले सहयोग अभियान शुरु गरेको उनले बताए ।
न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम आफुले गदै आएको उनले बताए ।
शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने कैलारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ध्वज बहादुर बोहराले बताए । उनले अभियन्ता खनालको यो कार्यक्रमले निरन्तरता पानुपर्ने जानकारी दिए ।
कैलारि गाउपालिका वडानम्वर १ स्थित दिपेन्द्र मद्यामिक बिद्यालय हसुलिया मा भदौ १८ गते कैलारि गाउपालिका को शैक्षिक गुनस्तर सुधार ’’ का लागि मेरो अभियान अन्तर्गत बिद्यार्थि हरुका लागि वक्तृत्वकला कार्यक्रम को आयोजना समेत गरिएको थियो । सो प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थी लाई समेत खनालले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको उनको भनाई छ । सामाजिक न्यायको सिद्धान्त बमोजिम अभिभावकविहीन कलिला बालबालिकाको उज्ज्वल भविष्य तथा समतामूलक समाज निर्माण गर्नको लागि खनालको प्रयास लाई स्थानीय सरकारले पनि अनुसरण गर्ने जरुरी छ ।

