धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माणमा लागेकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भएको छ ।
मंगलबार काठमाडौमा नेपाल पश्मिना उद्योगसँगको छलफल तथा अन्तरक्रियामा उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री शाहले ‘‘सुदूरपश्चिममा लागानीको पर्याप्त सम्भावना रहेकोको बताए । । कार्यक्रममा मुख्यमन्त्री शाहले ‘सुदूरपश्चिममा पर्याप्त ऊनको सम्भावना छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हजारौँ भेडा च्यांग्राहरु पालन भइरहेका छन्, हामी अब त्यसको व्यवसायलाई प्रवर्द्धन गर्न गइरहेका छौँ ।
ऊनको गुणस्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा सुदूरपश्चिमको गलैचा पुर्याउने लक्ष्य रहेको बताउँदै व्यवसायीहरुलाई भन्नुभयो, ‘हामी प्रवर्द्धनमा लागिरहेका छौँ, तपाईँहरू लगानी गर्नुहोस् ।’
नागरिकको समेत सहभागितामा उद्योग व्यवसायलाई अगाडि बढाउने नीति सरकारले लिएको भन्दै मुख्यमन्त्री शाहले साझा सुविधा केन्द्र स्थापनामा समेत चासो राखिएको उल्लेख गरे ।
साझा सुविधा केन्द्रबाट इन्स्योरेन्स, औषधिको व्यवस्था, नस्ल सुधार लगायतको सेवा दिँदै पशुपालक किसानहरुलाई सहज बनाउने प्रदेश सरकारको नीति रहेको उनले बताए ।
व्यवसायी रबिन्कान्त पन्तले ‘‘मासुको बजार ठूलो छ भन्दै त्यसबाट पनि प्रदेशलाई समृद्ध बनाउन सकिने बताए । ‘सुदूरपश्चिममा छुर्पीले मूल्य पाईरहेको छैन, भएको सम्भावनालाई सुरु गर्नु पर्छ । त्यसपछि सुधार गर्दै जानुपर्छ । नीतिगत समस्या हल गर्नुपर्छ, यसरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ,’ पन्तले सुझाव दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते धनगढीमा विकास तथा लगानी सम्मेलन गर्दैछ । त्यसको लागि काठमाडौँमा लगानीकर्ताहरूसँग छलफल भइरहेको छ ।
तपाईं लगानीका लागी तयार हुनुस, वातावरण हामी बनाउन्छौ – मुख्यमन्त्री शाह
तपाईं लगानीका लागी तयार हुनुस, वातावरण हामी बनाउन्छौ – मुख्यमन्त्री शाह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

