धनगढी । कैलालीको लम्की चुहा नगरपालिका – २ गणेशपुर चोकको हाई मास्ट लाइटको पोलमा ट्रक ठोक्किएको छ । शनिवार राती पूर्वपश्चिम राजमार्ग अन्तरगत बिच सडकमा राखिएको हाई मास्ट लाइटको पोलमा सुप प्र ०१००१ ख २७८१ नम्बरको ट्रक ठोक्किएको हो ।
ट्रकको ठक्करबाट पोल ढलेपछि हाइमास्ट लाइट क्षतविक्षत भएको छ । दुर्घटनामा ट्रकका सह चालक पुनर्वास नगरपालिका – ११ का सुमन सन्यासी घाइते भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
उनको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको ट्रक पोलमा ठोक्किएर दुर्घटना भएको थियो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
कैलालीमा बिच सडकमा राखिएको हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्कियो
कैलालीमा बिच सडकमा राखिएको हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्कियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

