धनगढी । गत जेठ २३ गते शुक्रबार आगलागि भएको बाजुराको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारका ४० घरपरिवारलाई खाधान्न सहयोग गरिएको छ । नेपाल – भारत मैत्रीसंघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको खाधन्न सामाग्री सुदुरपश्चिम प्रदेश संघको समन्वयमा बितरण गरिएको हो ।
नेपाल – भारत मैत्रीसंघ केन्द्रीय कार्यालयका उपाध्यक्ष हरि शंकर ठाकुरले वडा नम्बर ७ का अध्यक्ष भवनसिंह केसिको रोहबरमा आगलागी पिडित ४० परिवारलाई खाधन्न बितरण गरिएको बताए ।
बितरण गरिएको खाधन्न सामाग्रीमा चामल १ बोरा, दाल २ केजी, चिनि १ केजी, साबुन १ दर्जन, सरफ १, कम्वल १ र त्रीपाल १ थान प्रति परिवार बिरतण गरिएको उपाध्यक्ष ठाकुरले बताए ।

