बाजुरा: बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमकाे जिप दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार बिहान ९:३० को समयमा जीप दुर्घटना भएको हो । जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुईजना घाइते भएको जानकारी आएको छ। प्रहरी निरीक्षक चौधरीले घटनास्थलमा उद्धारको लागि ११ जनाको प्रहरी टोली खटाइएको र दुईजना घाइतेलाई अस्पताल पठाउन एम्बुलेन्स पठाइएको जानकारी दिए ।
घटना बारे बिस्तृत जानकारी आउन बाकी छ ।घटनास्थलमा मृतक र घाइतेको सनाखत हुन बाकी छ ।


