धनगढी । कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो ।
किशोरीहरूलाई विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा सँग समन्वय गरी खोप अभियान चलाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । उनले खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने बताए ।
महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनु पर्ने हुन्छ । त्यसका लागि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

