धनगढी: सुदूरपश्चिमका पहाडी समुदायमा आज गौरा एकादशी पर्व मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन् । गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको छ । पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा रहेको छ ।
गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको छ । गौराको ब्रत लिनु अघि गौरा एकादशीको ब्रत लिने परम्परा रही आएको छ ।’
पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत लिने चलन रही आएको पण्डित शिवराज भट्टले बताए । गौरा एकादशी र जनैपूर्णिमा पछि गौरा पर्व मनाउने परम्परा रही आएको उनले बताए । गौरा एकादशी र जनैपूर्णिमा पछि दुबधागो धारण गर्ने परम्परा रही आएको छ ।


