धनगढी: सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा गरी बिपदबाट १ सय २९ परिवार प्रभावित भएका छन् । पछिल्लो एक महिने अवधीमा प्रदेशका १ सय २९ परिवार प्रभावित बनेका हुन् । पछिल्लो एक महिने अवधीमा ६ वटा आगलागीका घटनाबाट ७ परिवार प्रभावित भएका छन्, भने दुई जनाको सर्पको टोकाइबाट ज्यान गएको छ । सर्पको टोकाइबाट मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका–३ तल्लो शिर्षका ६० वर्षीय कमलसिंह साउँद र कैलालीको गोदावरी नगरपालिका–१० खमौराका ५ वर्षीय अखिल माली रहेका छन् । ति दुवै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै चट्याङबाट १० महिला घाइते भएका छन भने यसबाट १३ परिवार प्रभावित बन्न पुगेका छन्। बाढीबाट एक महिलाको मृत्यु हुनुका साथै २३ परिवार प्रभावित बन्न पुगेका छन्। जनावर आंतकबाट ४, पहिरोबाट ५९ र भारी वर्षाबाट १९ परिवार प्रभावित बनेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।


