बाजुरा – बाजुरामा पहिरोमा परेर ४ जना घाइते भएका छन् । शनिवार बिहान हिमाली गाउँपालिका –३ बौडी स्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाइते भएका हुन । घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका – ३ का वडा अध्यक्ष मंगल बुढाले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीप गिरीले पहिरो गएको ठाउँमा प्रहरीको टोली गएको बताए । प्रहरी घटनास्थलमा पुगेपछि पूर्ण विवरण आउने उनले बताए । पहिरोमा परेर केही पशु चौपाया पुरिएको जनाइएको छ ।
बाजुरामा पहिरोमा परेर ४ जना घाइते
बाजुरामा पहिरोमा परेर ४ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

