धनगढीः धनगढीको सुदुरपश्चिमाञ्चल क्याम्पस(एसपिए) ले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा तृप्ती सिंह प्रथम भएकि छिन् । कलेजले मगंलबार धनगढीमा आयोजना गरेको “लागुपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका“ बिषयक वक्तृत्वकलामा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको राइजिङ स्टार इङ्गिस स्कुलकी छात्रा सिंह प्रथम भएकि हुन् ।
वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा–युवतीहरूको भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिपेक्षमा लागुपदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ। पाँच विद्यालयबाट दुईरदुई जना गरी जम्मा १० जना सहभागी भएको प्रतियोगितामा डिस्कभरी स्कुलका अनुपराज गिरी दोस्रो र एक्सिस विद्याश्रमकि मधु शर्माले तृतीय स्थान हासिल गरेकी हुन्। विजेता तीनै जनालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको आयोजक एसपिए कलेजले जनाएको छ।



