धनगढी: ७३ औं मदन जयन्तीको अवशरमा खेलकुद महासघं कैलालीले बृक्षारोपण गरेको छ । कैलालिको गौरिगङ्गा नगरपालिका वडा नम्बर १ मा पर्ने मोहन्याल मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । “एक युवा एक बिरूवा” अभियान अन्तर्गत महासघं कैलालीले फलफुलका बोट-बिरूवा रोपेको हो ।
गौरिगङ्गाको मोहन्याल मन्दिर परिसर तथा चौमाला पार्क मा बृक्षारोपण गरिएको खेलकुद महासघं कैलालीका कार्यबाहक अध्यक्ष महेन्द्र भन्डारीले जानकारी दिए । बृक्षारोपण कार्यक्रममा खेलकुद महासघंका केन्द्रिय सचीव तथा सुदुरपस्चिम इन्चार्ज बिस्णु कुमार चन्द, एमाले कैलाली जिल्ला कमिटी उप-सचिव चुडामणि भट्ट लगायत नेताहरूको सहभागीता थियो ।


