धनगढी : सुदूरपश्चिम प्रदेशसभाको मंगलबारका लागि आह्वान गरिएको विशेष अधिवेशनको विषय नै अस्पष्ट देखिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको विषयवस्तु नै अस्पष्ट देखिएको ठहर गरेको हो । सभामुख भीमबहादुर भण्डारीका अनुसार विशेष अधिवेशनको विषय अस्पष्ट देखिएपछि विषयवस्तु निक्र्यौल गरी दिन माग गर्दै प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गरेको छ ।
सभामुख भण्डारीले भने, ‘अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखबाट आएको पत्र नै अस्पष्ट छ । अधिवेशन आह्वान गर्नको लागि कुनै कारण नखुलेकोले स्पष्ट गरी दिनको लागि पत्राचार गर्ने निर्णय गरियो ।’ प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (कांग्रेस र एमालेसहित) विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरेपछि प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार गरेका थिए ।
सुदुरपश्चिमका सभामुख भण्डारीले भने : विशेष अधिवेशनको विषय अस्पष्ट
सुदुरपश्चिमका सभामुख भण्डारीले भने : विशेष अधिवेशनको विषय अस्पष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

