धनगढी : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ वार्षिकोत्सव सम्पन्न भएको छ । धनगढीमा सम्पन्न बार्षिकोत्सवमा पुर्व मन्त्री समेत रहेका सुदुरपश्चिम प्रदेशसभा सदस्य बिर बहादुर थापा (पातल) प्रमुख अतिथि रहेका थिए । राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदुरपश्चिमका अध्यक्ष राजेन्द्र बहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक प्रदेश उप प्रमुख, पेशागत माहासंघ नेपालका प्रदेश समिति महासचिव, केन्द्रिय सल्लाहकार सदस्य, केन्द्रिय सदस्य, पुर्व कर्मचारी, विभिन्न बित्तीय सस्था तथा बिमाका कर्मचारी संघका प्रदेश अध्यक्ष, विभिन्न शाखा कार्यलयका शाखा प्रबन्धक लगायतको उपस्थिती थियो ।
संघले बार्षिकोत्सवको पुर्वसन्ध्यामा महेन्द्रनगर स्थित बैकंको आफ्नै कार्यालय परिसरमा बृक्षारोपण,शुक्रबार सुदुरपश्चिमका २४ साखा र प्रदेश कार्यालयमा सरसफाई गरेको थियो । शनिबार धनगढीमा आयोजित औपचारिक कार्यक्रममा सास्ंकृतिक कार्यक्रम समेत गरिएको थियो । राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ सुदुरपश्चिमका सचिव मगंलराज अवस्थीले कार्यक्रमको सञ्चालन गरेका थिए ।


