धनगढी :कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा छाडा चौपाया सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।शुक्रवार राती ६ लेन सडक अन्तरगत अत्तरिया बाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइकल छाडा गोरु सँग ठोक्किँदा चालक धनगढी उपमहानगरपालिका – ४ उत्तरबेहडीका ३५ वर्षीय भीम बहादुर पुनको मृत्यु भएको हो । सुपप्र ०१–००८ प ३३३७ नम्बरको मोटरसाइकल छाडा गोरु सँग ठोक्किन गम्भीर घाइते भएका पुनको माया मेट्रो अस्पताल धनगढी उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनामा छाडा गोरुको पनि घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गेटामा मोटरसाइकल दुर्घटना: धनगढीका भिमको मृत्यु
गेटामा मोटरसाइकल दुर्घटना: धनगढीका भिमको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

