धनगढी : केन्द्रमा दुई ठुला दल नेपाली काग्रेंस र नेकपा एमाले मिले सगैं धरापमा परेको प्रचण्ड सरकार एक महिना भित्रै ढल्ने छ । सुदुरपश्चिममा पनि दुई ठुला दल मिलेपछि दीर्घ सोडारी सरकार संकटमा परेको छ । सोडारीले सरकार जोगाउनकै लागी असार १६ गते सात मन्त्रालय विभाजन गर्दै भागबन्डा मिलाउन मन्त्रालयको सङ्ख्या १० पु¥याएका थिए ।
सोडारीले तिन मन्त्रालय फुटाएर एमाले, माओवादी र एक जना एकिकृत समाजवादीलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए । प्रदेशमा कायम रहेको भौतिक पूर्वाधार बिकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको थियो । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको थियो । जस अनुसार वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग, वाणिज्य, पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ। साविकको स्वरूपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय मात्रै छोडिएको हो ।
ति मन्त्रालयहरुमध्ये ३ माओवादी, ३ एमाले र एक एकिकृत समाजवादीका भागमा परेको थियो । तर जिम्मेवारी दिएको दोश्रो दिनमै केन्द्रमा सत्ता समिकरण फेरिएपछि फुटाइएका मन्त्रालयका मन्त्री एक महिनापनि नटिक्ने भएका हुन् । केन्द्रमा बनेको नयाँ सत्ता समिकरण सगैं सुदुरपश्चिममा पनि काग्रेंस र एमालेले छलफल थालेका छन् । नयाँ सत्ता समिकरणमा रहेका काग्रेंस र एमालेले मन्त्रालय घटाउने तयारी थालेका छन् । श्रोतका अनुसार मुख्यमन्त्री सोडारीले फुटाएका दुई मन्त्रालय पूर्ववत् रहने र सामाजिक बिकास मन्त्रालयबाट फुटाइएका शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय कायम रहने छन् । एमालेका एक प्रदेशसभा सदस्यका अनुसार स्वास्थ्य मन्त्रालय छुट्टै हुनुपर्ने बिगतदेखीकै आवाज भएका कारण यि दुई मन्त्रालयलाई निरन्तरता दिने सम्भावना बढेको छ । सामाजिक बिकास मन्त्रालय भित्र शिक्षा, स्वास्थ्य, युवा, खेलकुद लगायत रहेकाले स्वास्थ्य भन्दा प्रार्थमिकतामा शिक्षा पर्न थालेपछि सुदुरपश्चिमको स्वास्थ्य क्षेत्र पछाडी धकेलिएको टिप्पणी हुने गरेको थियो । सोही कारण भएपनि स्वास्थ्य मन्त्रालय छुट्टै राखिनुपर्ने कर्मचारी लगायत स्वास्थ्य क्षेत्रका ब्यक्तीहरुको राय रहेको उनले बताए ।
मुख्यमन्त्री सोडारीले जेठ २८ गते सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रदेश सरकारमा सहभागी गराउँदै मन्त्री मन्त्रीमण्डललाई पूर्णता दिएका थिए । तर, केन्द्रमा भएको राजनीतिक फेरबदलले सोडारीको सरकारको दिनगन्ती सुरु भएको हो ।


