धनगढी : कैलालीको लम्की–चुहा नगरपालिकाले मृत्यु भइसकेका नाममा ८६ हजार बढी भत्ता वितरण गरेको छ । नगरपालिकाका २० जना मृत्यु भइसकेकाको नाममा रकम निकासा गरेको हो। मृत्यु भइसकेका प्रति मृतक ९ सय ३१ देखि ३३ हजार १० हजार चार सय रुपैयाँसम्म रकम निकासा गरेको पाइएको छ।
दोस्रो, तेस्रो र चौथो किस्ताका नाममा मृत्यु भइसकेका २० जना मृतकको नाममा सो नगरपालिकाले ८६ हजार पाँच सय २६ रुपैयाँ निकासा गरेको फेला परेको छ। निकासा गरिएको रकमलाई बेरुजूको रुपमा राखिएको छ। नगरपालिकाले सो रकम फिर्ता गर्नुपर्ने भएको छ।


