धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा लाग्ने गंगादशहरा मेलाको तयारी तिब्र पारिएको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बेशडाबाबा मन्दिरमा असार १ गतेदेखी ५ गतेसम्म लाग्ने धार्मिक मेलाको तयारीका लागि मन्दिर व्यवस्थापन समिति, उपमहानगरपालिका र विभिन्न क्लबहरु जुटेका छन्। गङ्गादशहरा पर्वमा लाग्ने मेलाको तयारीका लागि उपमहनगरपालिकाद्वारा बाटो फराकिलो बनाउने, ग्राभेल हाल्ने, शिवगङ्गा नदीबाट मन्दिर परिसरसम्म बत्ती लगाउने, ठाउँठाउँमा अस्थायी शौचालय बनाउने, सरसफाइ गर्नेलगायतका विभिन्न कार्य धमाधम भइरहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए।
मेलाकै अवशरमा असार २ गते बिदा दिएको उपमहानगरपालिकाले विदा दिएको छ । गंगा दशहराको अवशरमा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको हो ।


