धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा व्याप्त बेरोजगारी रहेको बताएका छन्। धनगढीमा जारी श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी तीनै तहको सरकार यहाँ छौ। यो भिडले अबको आवश्यक्ता देखाएको छ। अबको युवालाई रोजगारी चाहियो। अबको युवालाई सिप चाहियो।’
सुदूरपश्चिम प्रदेशका नागरिक रोजगारीको खोजीमा भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन्। केही युवाहरु तेस्रो मुलुकमा समेत रोजगारीका लागि जाने गरेका छन्।
दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरुको भिड हुने गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जस्तै भिड आइतवार धनगढीमा देखिएको हो। रोजगारीको अपेक्षासहित ठूलो संख्यामा युवाहरु मेलामा पुगेका छन्। रोजगार मेलाले सुदूरपश्चिममा व्याप्त बेरोजगारीको चित्रण गरेको छ।


