कैलाली : कैलालीमा लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की र टीकापुर नगरपालिका–१ खडेनाका १९ वर्षीय निराजन सिंह रहेका छन्। हेमन्त कार्कीलाइ ५१ ० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका– ५ गेटाबाट बिशेष सुचनाकोआधारमा पैदल हिडिरहेको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो, भने निराजन सिंहलाइ २९० मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका–१ खडेनाबाट पक्राउ गरिएको हो। दुबै जनालाइ शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालय कैलालीले जनाएको छ।


