धनगढी : चोरी मुद्दामा फरार रहेकी धनगढीकी एक महिलासहित ३ जना दोषी पक्राउ परेका छन्। चोरी मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया बिमला खड्का, चोरी मुद्दामै १ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१३ का मोहन खाती र वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीय महेन्द्र बि.क. सोमवार पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। दुईजनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र एक जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।


