दार्चुला – दार्चुलामा भन्सार छलीको चिनी र जिपसहित एक जना पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–६ स्थित भित्रि सडकखण्डबाट अवैध रुपमा भन्सार छलेर ल्याएको अन्दाजी ३८ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको ५५० किलोग्राम चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।
िचिनीसहित नौगाड गाउँपालिका–३ का ३३ बर्षीय केशव ठगुन्नालाई सोमबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनलाई से १ ज ६६० नम्बरको जिप सहित अस्थाई प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

