धनगढी : धनगढीमा सञ्चालित क्लासिक इन्टरप्राइजेजको कार्यकारी निर्देशकमा आजै रोशन पन्त नियुक्त भएका छन् । आधुनिक पानी फिल्टरको आधिकारिक बिक्रेता क्लासिक इन्टरप्राइजेजको कार्यकारी निर्देशकमा पन्त नियुक्त भएका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसचोक नजिक रहेको क्लासिकले पानी फिल्टर र किचन तथा घरको भित्रि सजावटको काम गर्ने गरेको छ । धनगढीका रुद्र थापा र नविन थापाको सयुक्त लगानीमा इन्टरप्राइजेज सञ्चालनमा आएको हो । पन्तले भने पछिल्लो समय अशुद्ध पानीकै कारण मानिसहरु बिभिन्न रोगको सिकार बनिराखेका बेला शद्ध पानीकै लागी हामीले पानी फिल्टरको ब्यवसाय थालेको पन्तले बताए ।


