धनगढी : नेकपा एकिकृत समाजवादीलेपनि सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीपरिषद बिस्तारको गृहकार्य थालेका छन् । राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सामेल गराएर भएपनि सरकारलाई टिकाउने दाउमा शाह छन् । शाहले सरकार विस्तार गर्ने गरि छलफल अगाडी बढाएका छन् ।मुख्यमन्त्री शाह राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर आफ्नो नेतृत्वमा रहेको अहिलेकै सरकारलाई निरन्तरता दिने कसरत गरिरहेका छन् ।
सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्य छन् । यहाँ कांग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । राप्रपा र स्वतन्त्र १्१ सांसद छन् । मुख्यमन्त्री शाहले आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ स्वतन्त्र र राप्रपाका १्१ सांसदलाई लिएर सरकार विस्तारको तयारी गरेको उच्च स्रोतको दाबी छ ।
नागरिक उन्मुक्तिले बिहीबारसम्म नयाँ“ गठबन्धनलाई साथ दिने नदिने बारे ठोस निर्णय सार्वजनिक गरिसकेको छैन । तर यसअघि नै नागरिक उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरिसकेको छ । त्यस अवस्थामा काँग्रेसलाई अहिलेकै सरकारलाई निरन्तरता दिन सकिने आशा गरिरहेको हो । यसैबिच अछाम जाँदै गरेका प्रदेश प्रमुख देवराज जोशी डडेलधुराबाटै धनगढी फर्केका छन् । प्रदेश प्रमुख अप्रत्याशित रुपमा फर्किनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।


