धनगढी : सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामी राज्यको २७ लाख रकम खर्चेर मन्त्रालयबाट विदा भएका छन् । मगंलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहको बर्खास्तीमा परेका निबर्तमान मन्त्री धामीले करिब १० महिने अवधीमा २७ लाख भन्दा बढी खर्चेका छन् । धामीको सेवासुविधा, पारिश्रमिक लगायतका शिर्षकमा २७ लाख बढि खर्च भएको पाइएको छ ।धामीले पदभार ग्रहण गरेको ९ महिनामा काठमाडौँ जादाको हवाई भाडा, भ्रमण भत्ता, पारिश्रमिक, अतिथि सत्कार लगायतका शिर्षकमा मात्र ८ लाख २२ हजार रुपैयाँ बुझेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
गत जेठमा मन्त्री नियुक्त भएका धामीको काठमाडौँ भ्रमण भने ७ पटक भएको देखिन्छ । ७ पटकको काठमाडौँ आउजाउमा दुई लाख रुपैयाँ खर्च गरेका छन् । यो बाहेक ९ महिनाको अतिथि सत्कार, पारश्रमिकमा ६ लाख २२ हजार, इन्धनमा तीन लाख ६७ हजार रुपैयाँ खचिएका छन् । धामीको निजी सचिवालयमा पाँच जना कर्मचारीको पारश्रमिकमा मात्र झण्डै १३ लाख रुपैयाँ खर्च भएको छ । गत वर्षका दुई महिनामा दुई लाख ९८ हजार र चालु वर्षको ७ महिनामा १० लाख ६७ हजार गरेर उनीहरुको तलबमा १२ लाख ८६ हजार खर्च भएको मन्त्रालयले जनाएको छ ।
यो बाहेक काठमाडौँ आउदाजादा, इन्धन खर्च, प्रदेशभित्रको भ्रमण भत्ता, बैठक भत्ता लगायतका शिर्षकमा सचिवालयका कर्मचारी समेतले दुई लाख ४७ हजार खर्च भएको देखिएको छ । मन्त्रालयले प्रचलित ऐनले व्यवस्था गरेबमोजिम नै मन्त्री र उनको निजी सचिवालयमा कार्यरत कर्मचारीले सेवासुविधा लिएको जनाएको छ ।


