धनगढी : लागुऔषध दुर्व्यसन रोक्न युवाहरूले एकजुट भएर काम गर्नुपर्ने बताइएको छ। सोमवार धनगढीको राष्ट्रिय तुलसीराम माविमा आयोजित लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम बोल्दै धनगढीकी नगर उपप्रमुख कन्दकलाकुमारी रानाले युवाहरूले जनचेतना जगाए लागुऔषध दुर्व्यसनीको संख्या ह्वात्तै घट्ने बताएकी हुन्। उनले युवाहरूको सार्थक पहलले दुर्व्यसनमा फसेकाहरू सामान्य जीवनमा फर्किने र नयाँ दुर्व्यसनी समाजमा देखा नपर्ने बताइन्।
रानाले कटक भण्डारी फाउन्डेसनले आयोजना गरेको लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा धनगढी उपमहानगरपालिकाले दुर्व्यसनमा परेकाहरूलाई सामान्य जीवनमा फर्काउन फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा ल्याउन पहल गरेको बताइन्।


