धनगढी : धनगढीमा मर्निङ वाक गरिरहेकी एकजना बृद्धालाई लछारेर ट्रक सहित चालक फरार रहेका छन् । आज बिहान सहिदगेट–क्याम्पसचोक सडकखण्डमा मर्निङ वाक गरिरहेकी धनगढी ५ तारानगरकी ७० बर्षिय इन्द्रा पन्तलाई डेलिभरी मिनि ट्रकले लछारेर घाइते बनाएको हो । धनगढीको एक्सिस बिद्याश्रमको चोकदेखी करिब बालमिकि स्कुलसम्म उनलाई लछारेको प्रहरीले जनाएको छ ।
बिहान सवा ६ बजेको समयमा ७० बर्षिय इन्द्रा पन्त र उनकी भदैनी लक्ष्मी जोशी मर्निङ वाक गरिराख्नुभा रहेछ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले भने “एक्सिस बिद्याश्रमको चोकमा पुग्दा चक्मेली तिरबाट आएको मिनि ट्रकले तार सहित बृद्धा पन्तलाई लछारेर लगेछ, ट्रकवालाले थाहा पाएनछ सायद बालमिकि स्कुलमा पुगेर तारबाट उहाँ छुट्नु भाको रहेछ, उहाँकी भदैनी लक्ष्मीलाई सोध्दा लछार्ने मिनि ट्रक हो भन्नुभाछ, नम्बर टिप्न भ्याउनुभएनछ ।”
घाइते पन्तको टाउको र दुइटै खुट्टाको घुँडामा गम्भिर चोट लागेको चन्दले बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । करिब २ सय मिटर जती लछारिदा चोट त लागेकै छ उनले भने “हामी अहिले त्यो आसपासमा रहेका सिसि क्यामेराहरु हेरिरहेका छौँ, इस्पेक्टर सापहरुलाई बालमिकि स्कुल, निशर्ग अस्पताल। डिभोटी होटेलको सिसि क्यामेरा हेर्न लगाएका छौँ, चाँडै पत्ता लाग्छ होला ।”


