धनगढी : उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय सुदुरपस्चिम प्रदेशको निर्देश पछि डिभिजन बन कार्यालय धनगढीले धनगढीमा दाउरा वितरण शुरु गरेको छ । मंगलबार मन्त्री रमेश धामीको निर्देशन पछि आजबाट धनगढीमा दाउरा वितरण शुरु भएको हो ।

डिभिजन बन कार्यालय धनगढीका अनुसार धनगढीको चटकपुरबाट विभिन्न चोक हरुमा दाउरा वितरण शुरु गरिएको हो । सहिद गेट, उत्तरबेहडी, एल एन चोक, चकमेलि, शिवनगर, क्याम्पस चोक तथा बुद्धचोक लगायतका ठाउँमा दाउरा वितरण गरिएको डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले बताए । चिसो बढे सङ्गै मन्त्री रमेश धामिको निर्देश पछि सामुदायिक बन बाट दाउरा लिएर वितरण गरिरहेको कंडेलले बताए । यस्तै चिसो रहे ३/४ दिन दाउरा वितरण गरिने उनले बताए ।


