धनगढी : अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमाललाई निमन्त्रणा आएको छ । पौष , शुक्ल द्वादशी बिक्रम सम्बत २०८० सोमबार (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो ।
श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक श्री मोहन भागवत जी , उत्तर प्रदेश सरकारका राज्यपाल श्रीमती आन्नदी बेन पटेल , उत्तर प्रदेश सरकारका मुख्य मन्त्री श्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास जी, सन्त समाज , समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा प्राण प्रतिष्ठा समारोह सम्पन्न हुन गई रहेको छ । प्राण प्रतिष्ठा शुभ मुहुर्त पौष शुक्ल द्वादशी बिक्रम सम्बत २०८० मध्याह्न १२:२० रहेको छ ।
अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा
अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

