दार्चुला। दार्चुलामा एक घरमा आगलागी हुँदा ४ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–३ होपरीगाडका रणविर टमटाको घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
हिजो बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाको २ तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।आगलागीबाट टमाटाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
आगलागीबाट उनको घरभित्र भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।