दार्चुला। दार्चुला नौगाड गाउँपालिकाका एक जनाको लडेर मृत्यु भएको छ। दार्चुला नौगाड गाउँपालिका वडा नम्बर १ जात्रा घर भएका ४७ वर्षीय मिनीसिंह डडालको बिल्डिङ कन्स्ट्रक्सनको काम गर्ने बेला लडेर ज्यान गएको हो।
उनी वैदेशिक रोजगारीको लागि सन् २०२२ मा क्रोसिया गएका थिए। गत मंसिर २३ गते भवनमा काम गर्ने बेला लडेर घाइते भएका डडालको उपचारको क्रममा पुस ४ गते मृत्यु भएको बताइएको छ। शव नेपाल पठाउन नेपाली दुतावास भियनामसँग कुरा भइरहेको बताइएको छ। मृतक डडालको परिवारमा दुई छोरा, एक छोरी र श्रीमती छन्। विदेश गएका डडालको मृत्युपछि परिवार बिचल्लीमा परेको छ।