धनगढी। धनगढीमा घरको छतबाट खसेर एक जना कर्मचारी घाइते भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका रवीन्द्र भट्ट आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनी राष्ट्रिय अनुसन्धान विभाग महेन्द्रनगरमा अनुसन्धान सहायक कर्मचारीको रुपमा कार्यरत रहेका छन्। मंगलवार आफ्नै घरको छतबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको छ। घाइते भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ।