धनगढी। सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्टको छाउपडी गीत सार्वजनिक भएको छ। जनचेतनामूलक रहेको छाउपडी गीत शुक्रबार आमा युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको हो।
उक्त जनचेतनामूलक गीतमा गौरी भट्ट,राजेन्द्र बाजुराली, ईन्सल सन्ज्यालले स्वर दिएका छन्। छाउपडी गीतको स्वर शब्द तथा संगीत खगेन्द्र न्यौपानेको रहेको छ । एरेन्ज बिनोद बाजुराली, मिक्सिङ खड्क बाजुराली,निर्देशन खगेन्द्र न्यौपाने,छायांकन जहित बुढा, सम्पादन दिपक बिष्टले गरेका छन्। अभिनय कलाकारमा तुल्सी विश्वकर्मा ईस्सल सन्ज्याल, बिनोद कुमार न्यौपाने तथा विशाल रोकाया रहेका छन्।
गितको भिडियो युरोपेली संघ, वैदेशिक मामिला मन्त्रालय फिनल्याण्ड र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संगीतकार खगेन्द्र न्यौपाने जानकारी दिए । समाजमा कुसंस्कारको रूपमा व्याप्त रहेको छाउपडी प्रथाको अन्त्य गर्ने सन्देश बोकेको जनचेतनामूलक गीतले सामाजमा महत्वपूर्ण भूमिका खेल्ने गीतका शब्दकार खगेन्द्र न्यौपानेले बताए।
छाउपडी प्रथा अन्त्य गर्न राज्यले लाखौं करोडौं बजेट छुट्याएर कार्यक्रम गरेपनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले पनि छाउपडी प्रथा अन्त्य हुन नसकेको उनको भनाई छ । कार्यक्रमपनि त्यति प्रभावकारी नभएको र राजनीतिक दल कार्यकर्ताले पैसा पचाउने काम मात्रै भएको बताए। छाउपडी सम्बन्धी विभिन्न संघसंस्थाले गाउँ भन्दा सहर केन्द्रित कार्यक्रम गर्दा प्रभावकारी बन्न नसकेको र न्यूरीकरण नसकेको बताइएको छ। छाउपडी प्रथाका कारण धेरै किशोरी तथा महिलाले ज्यान गुमाइसकेको अवस्थामा सरकारले त्यति चाँसो देखाएको छैन।


