धनगढी : धनगढी जेसिज २०२४ को अध्यक्षमा अरुण सिंह निर्वाचित भएका छन् । शनिबार भएको ४१ औ अधिवेशनमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।
जेसिजको कार्यकारी उपाध्यक्षमा आशिस सिंह र तर्कराज भट्ट, महासचिवमा हरि जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् । यस्तै अधिवेशनले चन्द्रकान्त पनेरुलाई कानुनी सल्लाहकारमा निर्वाचित गरेको छ ।


