कञ्चनपुर। कञ्चनपुरबाट चोरी मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०८० अषाढ २७ गते चोरी मुद्दामा पाँच महिना ७ दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
भीमदत्त नगरपालिका-८ का बसन्त सुनारलाई कञ्चनपुर प्रहरीले घर ठेगानाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका सुनारलाई तोकिएको कैद सजाय भुक्तान गर्न हिजो बिहीबार कारागार चलान गरिएको छ।