कैलाली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भादा होमस्टेका अध्यक्ष लक्ष्मी चौधरीले तीन माग राखेका छन्। धनगढी उपमहानगरपालिका-१६ स्थित आफ्नो घरमा खाना खुवाउदै उनले त्यस क्षेत्रको बिकास र पर्यटन प्रवर्द्धनका लागी माग राखेका हुन्।
उनले प्रधानमन्त्रीलाई भादामा रहेको जोगनिया ताललाई पर्यटकिय स्थल बनाउनु पर्ने, स्वक्ष खानेपानीको लागि ट्याङ्कि निर्माण गरिदिनु पर्ने र थारु सङ्ग्रह निर्माण गर्न आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्रीले सबै माग सम्बोधन गर्ने बताए। भादा होम स्टेका अध्यक्ष चौधरी अघिल्लो कार्यकालका वडाध्यक्ष पनि हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुगेका हुन्। धनगढी वडा नम्बर १ स्थीत सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्।