धनगढी। काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एयरलाइन्सको जहाज धनगढीमा अवतरण भएको छ। मौसम खराबीका कारण नेपालगन्जमा अवतरण हुन नसकेपछि जहाज धनगढीमा अवतरण भएको हो ।
श्री एयरलाइन्सको जहाज पनि धनगढी अवतरण हुने तयारीमा रहे पनि केही समयपछि नेपालगन्जमै अवतरण भएको श्री एयरलाइन्स धनगढीका स्टेसन इन्चार्ज गजेन्द्र साहीले बताए । उनले भने– “मौसम खराबीका कारण अलिकति समस्या आएको थियो।
हाम्रो जहाज पनि अहिले नेपालगन्जमै अवतरण भयो तर बुद्ध चाहि अलि अगाडी आएको भएर धनगढीमा अवतरण भएको हो।” उनले भने मौसम खराबीका कारण अलिकति समस्या आएको थियो । अहिले मौसममा सुधार आएपछि भने अन्य जहाज पनि नेपालगन्जमै अवतरण भएको साहीले जानकारी दिए।