कैलाली। कैलालीको अत्तरिया बसपार्कमा अत्तरियामा अलपत्र भेटिएका दुई बालकलाई आफन्तको जिम्मा लगाईएको छ। आईतबार अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा भेटिएका बर्दीयाको राजापुर नगरपालिका वडा नम्बर ५ का ६ वर्षीय आयुष थारु र ४ वर्षीय आरयास थारुलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले आफन्तको जिम्मा लगाएको हो ।
अलपत्र अवस्थामा भेटिएका दुवै बालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले महिला तथा बालबालिका सेभ हाउसमा पुर्याएको थियो ।
राजापुर नगरपालिका वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष सरिता परियार, नगरपालिकाकी महिला विकास निरीक्षक रिता थारु र बालककी हजुरआमा बाधी थरुनी नगरपालिकाकै गाडिमा आएर महिला तथा बालबालिका सेभ हाउसबाट बालकहरुलाई लिएर गएका हुन् । घरबाट बिहेमा जान्छु भनेर निस्कीएकी बालकहरुकी आमाले नै अत्तरिया बसपार्क सम्म ल्याएर छोडेको हुन सक्ने आशंका गरिएको छ ।