धनगढी : कलाकार धर्मराज अवस्थिले आफ्नो जन्मदिनको अवशरमा रक्तदान गरेका छन् । आज आफ्नो २६ औं जन्मदिनको अवसर पारी कलाकार अवस्थीले धनगढी स्थित नेपाल रेडक्रस सोसाइटी कैलालीको रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरेका हुन् ।
कंचनपुरको कृष्णपुर नगरपालिका ९ स्थाइ घर भएका अवस्थीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका हुन् । उनले धेरै ठूलो परोपकारी काम गर्न न सके पनि सामान्य सामाजिक कार्य स्वरुप रक्तदान गरेको बताए । हरेक जन्मोत्सवमा केही न केही सामाजिक कार्य गर्दै आएका अवस्थीले यश पटकको जन्मदिनमा रक्तदान गरेर सामाजिक उत्तरदायित्व निभाएका हुन् ।