धनगढी : नेकपा एकीकृत समाजवादीका बैतडीका नेताहरु एमाले प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट, समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटि सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी सहितका नेताहरु एमालेमा फर्किएका छन् । एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको शुभारम्भ कार्यक्रमको अवसरमा गोठलापानीमा आयोजना गरिएको आमसभामा एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर बिष्टसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित नेपाली काग्रेंसकी महादिवेशन प्रतिनिधी सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै उनीहरुलाई कांग्रेसलाई कारवाही गरेको थियो । पार्टीमा प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका छन् ।