कञ्चनपुर। कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर एक मिस्त्रीको मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाँडी गाउँपालिका–३ बैवाहाका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको हो।
ठेकेदार तथा मिस्त्रीसमेत रहेका डगौराको मंगलवार मत्यु भएको बेलडाँडी गाउँपालिका-३ का वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीले बताए। डगौराको शव पोस्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको वडाअध्यक्षले जानकारी दिए।


