कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका धनगढी १ का शेख मुनिर अहमदका नाममा अजुरी दिन कैलाली प्रहरीले भनेको छ। अनुसन्धानमा आवश्यक सहयोग पुर्याइदिन भन्दै प्रहरीले शेख अहमदबाट अरु पनि पीडित भए जाहेरीरउजुरी दिन भनेको हो ।
अहमदलाई प्रहरीले यही मंसिर १० गते आइतबार धनगढी-७ का ५२ वर्षीय भोजराज विश्वकर्मालाई सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको जाहेरी परेपछि पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।अहमदबाट अन्य व्यक्तिहरु पनि विभिन्न किसिमले पीडित रहेको जानकारी आएको हुँदा उनको नाममा कुनै जाहेरीरउजुरी भए सम्पर्क गर्न भनिएको छ।