दार्चुला। महाकाली नगरपालिकाले सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै बेरोजगार युवालाई साबुन बनाउने तालिम दिने जनाएको छ।
उद्यम विकास शाखा दार्चुलाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार बेरोजगार १० जना युवालाई तालिम दिन लागेको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्र कार्यरत सहकारी संस्था, व्यक्तिगत फर्मले आवेदन दिन सकिनेछ। साबुन बनाउने सीप विकास तालिम लिन इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले सूचित गरेको छ।