कैलाली। नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल घोडाघोडी नगरपालिकाको नगर अध्यक्षमा महेन्द्र शाह मनोनीत भएका छन्। नेपाल तरुण दलका कैलाली जिल्ला अध्यक्ष निराजन खड्काले उनलाई मनोनीत गरेका हुन् ।
नगरपालिकामा सङ्गठन विस्तार र अध्यक्षका लागि शाहलाई नियुक्त गरिएको हो। सङ्गठनलाई अझ क्रियाशील बनाउनका लागि शाहलाई मनोनीत गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष निराजन खड्काले बताए। मनोनीत भएपछि नगर अध्यक्ष शाहले सङ्गठनलाई अझ बलियो र सङ्गठित बनाउन प्रयास गर्ने बताए। तरुण दललाई बलियो बनाउन आफू लगायतका तरुण दलका अन्य नेता–कार्यकर्ताहरूसँग सहकार्य गरी अगाडि बढ्ने उनले बताए ।